१४ कार्तिक २०८३, शनिबार

गगन थापाले १ वर्षको तलब भूकम्प पीडितलाई दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan_thapaकाठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का निर्वाचित सभासद् गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रका भूकम्प पीडितहरूको सहयोगका लागि एक वर्षको तलब उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

सभासद् थापाले विहीबार  साँझ एक विज्ञप्ति जारी गरी राहत सामग्री पुर्‍याउन नसकिएका काठमाडौँ उपत्यका बाहिरका भूकम्प पीडितलाई सहायता सामग्री पुर्‍याउन आवश्यक समन्वयसमेत आफूले गरेको बताउँदै त्यसमा सहयोग गर्न इच्छुक सबैलाई आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले आफ्नो एक वर्षको तलब रु सात लाख छ हजार ६१६ प्रदान गरेको जनाउँदै अन्य साथीलाई पनि त्यसै किसिमको सहयोग गर्न अनुरोध गरेको बताउनुभएको छ । रासस