४ कार्तिक २०८३, बुधबार

झुन्डिएको अवस्थामा महिलाको शव बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susideगौशाला, १८ वैशाख । महोत्तरीको औरही गाविसमा झुन्डिएको अवस्थामा आज बिहान एक महिलाको शव बरामद भएको छ ।

औरही गाविस–१ बस्ने इन्देश्वर सहनीकी पत्नी सुनितादेवीको शव आज बिहान निजको घरको छानामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सो कार्यालयका प्रहरी निरीक्षक मच्छेन्द्र केसीका अनुसार सुनिताको शव निजको घरको दुई तल्लामाथिको कोठामा साडीको पासो लगाई झुन्डिरहेको अवस्थामा फेला परेको हो ।

प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान थालिसकेको छ भने शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।