सप्तरी, १८ वैशाख । गत शनिबार नेपालमा गएको महाविनाशकारी भूकम्पबाट पीडित भएकाका लागि सहयोगार्थ भारतको कर्नाटक दवान ग्रिनमा अध्ययनरत नेपाली विद्यार्थीले राहत सङ्कलन थालिएको छ ।
नेपालका विभिन्न जिल्लाबाट भारतको कर्नाटक दवान ग्रिनमा रहेको बापुजी ग्रुप इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले राहत सङ्कलन गरेको सप्तरीबाट त्यहाँ अध्ययनका लागि गएका राजविराज–४ निवासी रबी रजकले जानकारी दिनुभयो ।
रजकका अनुसार सो ठाउँमा अध्ययनरत विद्यार्थीले विभिन्न सहरबाट एक दिनमा करिब रु ३५ हजार भारु राहत सङ्कलन गरिएको छ ।












प्रतिक्रिया