४ कार्तिक २०८३, बुधबार

ओखलढुंगामा १७ हजार घरबारविहीन, घर गुमाएकालाई त्रिपाल पाउनै कठिन (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ookhaldhunga-bhukamapa (7)

– शिव ढुंगाना
ओखलढुंगा, १७ बैशाख । घरबार विहीन भएको पाँच दिन बिते पनि पाल राज्यले पालसम्म नदिएको गुनासो आइरहेको बेला ओखलढुंगामा सुरक्षा निकायको अगुवाइमा पाल वितरण तथा राहत सामग्री ढुवानीको काम थालिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट दुर्गममा पाल पठाइए पनि कतपय गाविसमा अझै पुगेका छैन । सेनाको हेलिकोप्टरबाट खिजीफलाटे, रगनी गाम्नाङटार लागयतका गाविसमा पाल पुर्‍याइएको छ भने अन्य गाविसहरुमा सरकारी कर्मचारी, रेडक्रस, उद्योग बाणिज्य संघ लगायता संस्थाको सहभागीतामा राहत वितरण शुरु भए पनि सिस्नेरी, बलखु श्रीचौर, भुसिंगा लगायतका गाविसमा राहत सामग्री पुगेको छैन ।

आजबाट सदरमुकाममा राहत सामग्री आए पनि प्रभावकारी समन्वय र परिचालन नहुँदा पीडितले राहत सामग्री नपाएको राहत सामग्री लिएर जिल्ला आएका एमाले सभाषद् हर्कबोल राइले बताए ।

दुर्गममा राहत सामग्री पुर्‍याउन ओखलढुंगास्थित शमशेर दल गणले भोलिबाटै दुर्गममा सामग्री सहित टोली पठाउने गणपति रत्न्बहादुर गोदारले बताए । ओखलढुंगामा भुकम्पबाट १८ जनाको ज्यान गएको छ भने ८८ घाइते भएका छन् । त्यस्तै ८ हजार ८४ घर पूर्ण रुपमा ढलेका, ९ हजार ८ सय बस्नै नहुने गरी चर्किउका गरी १७ हजार ९ सय घरबार बिहीन भएका छन् ।

Ookhaldhunga-bhukamapa (6)Ookhaldhunga-bhukamapa (5)Ookhaldhunga-bhukamapa (4)Ookhaldhunga-bhukamapa (3)Ookhaldhunga-bhukamapa (1)Ookhaldhunga-bhukamapa (2)