४ कार्तिक २०८३, बुधबार

ट्याक्टरबाट खसेर बालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री
गुल्मी, १७ वैशाख । गुल्मीको रुरु गाविसमा ट्याक्टरबाट खसेर बच्चाको ज्यान गएको छ ।

बिहिबार दिउसो रिडीबाट खज्याङ जार्दै गरेको लु २ च ७११८ नम्बरको ट्याक्टरमा चढेका रुरु गाविस स्थित वाड नं. ६ का अन्दाजी ७ वर्षिय रजित थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालय श्रेष्ठका अनुसार गाडीबाट खसेर घाईते भएका थापालाई थप उपचारको लागी पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले ट्क्याटर र चालकलाई नियन्त्रणमा लिएको छ ।