४ कार्तिक २०८३, बुधबार

राहत नपाएपछि राजधानीमा भूकम्प पीडितले चक्का जाम गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-kathmandu2काठमाडौँ, १७ वैशाख । उद्धार र राहत नपाएको भन्दै काठमाडौँको खुलालटार नजिक स्थानीय जनताले सडकमा ओर्लेर आक्रोश पाखेका छन् ।

स्थानीयवासीले आफूहरुको माग पूरा नगरेसम्म सडक सञ्चालन गर्न नदिने भन्दै सडक अवरोध गरेका हुन् । सडक अवरुद्ध हुँदा काठमाडौँ मेलम्ची सडकखण्ड प्रभावित भएको छ ।

सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोक जान लागेका सयौँ यात्रु प्रभावित भएका छन् । स्थानीयवासीले सरकारले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गरेको एक प्रहरी अधिकृतले जानकारी दिएको राससकर्मी कुमार चौलागाईंले जानकारी दिनुभएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । रासस