दोलखा, १७ वैशाख । प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।
चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो ।
शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्क भएको त्यसपछि हालसम्म प्रहरी नै सम्पर्कमा नआएपछि सो क्षेत्रका अवस्थासमेत स्थानीय प्रशासनले बुझ्न नसकेको जनाइएको छ ।
चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे आजसम्म स्थानीय प्रशासन बेखबर रहेको छ ।
प्रहरी नायब उपरीक्षक अजय केसीले आज बिहान सदरमुकाम चरिकोटबाट अवस्था खोजीका लागि प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
आज जिल्ला दैवी उद्धार समितिको टोली हेलिकप्टर आएपछि सो स्थानमा पुग्नेसमेत बताइएको छ ।















प्रतिक्रिया