४ कार्तिक २०८३, बुधबार

दोलखामा मृतकको सङ्ख्या ६० पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट (दोलखा), १७ वैशाख । दोलखामा शनिबारको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।

भूकम्पबाट मृत्यु भएकामा जफे गाविसका ११ जना, भीमेश्वर नगरपालिकाका नौ, सुस्माक्षमावतीका चार, लादुक, झुले र बिगुका तीन÷तीन, नाम्दु, शहरे, मार्बु, लामबगर, भुसाफेदा, पवटी र चिलङ्खाका दुई/दुई तथा लापिलाङ, बोच, शैलुङ्गेश्वर, सुनखानी, गौरीशङ्कर, घ्याङ्सुखाठोकर, मालु, ओराङ र मेलुङ्ग गाविसका एक/एक जना छन् । मेलुङ्ग गाविस–३ का ७२ वर्षीय ठगिलाल सापकोटाको शव आज भेटिएको हो ।

मृतकमध्ये चारजनाको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । उहाँका अनुसार चार जनाको शव छ दिनदेखि लामबगरस्थित तामाकोसी नदी किनारमा परिरहेको छ ।

“भूकम्पका कारण बाटोघाटो बन्द भएकाले शव ल्याउन सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो । मृतकको सङ्ख्या बढ्न सक्ने प्रजिअ लामिछानेको भनाइ छ । यहाँ घाइतेको सङ्ख्या एक सय ५८ पुगेको छ । रासस