काठमाडौँ, १७ वैशाख । आज बिहानदेखि परेको पानीको असरले पुरानो बानेश्वर चोकमा रहेको साततले घर बाङ्गिएपछि उक्त घर र वरपरका घरबाट मानिस तथा सरसामान खाली गरिएको छ । घर बाङ्गिएको समयमा उक्त क्षेत्र वरपर भागादौड समेत भएको थियो ।
शनिबार र आइतबार गएको भूकम्पबाट खासै असर नपरेको सो घर आज बिहान बाङ्गिएपछि ट्राफिक प्रहरीले वरपरको बाटोसमेत बन्द गरी सुरक्षाका लागि सतर्क गराएको छ । साँघुरो जमिनमा बनेको उक्त घरको तेस्रो तलादेखि माथिको भाग पछाडि बाङ्गिएर खस्ने अवस्थामा पुगेपछि सो स्थानमा हेर्ने मानिसको घुइँचो लागेको स्थानीयवासी निशा तामाङले बताउनुभयो । रासस















प्रतिक्रिया