४ कार्तिक २०८३, बुधबार

भूकम्पबाट भत्किएको घर हेर्न पुगेकाको लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १७ वैशाख । भूकम्पले घर भत्काएको सुनेर सदरमुकामबाट बारेकोट हिँडेका कैलो कामीको बाटोमै लडेर मृत्यु भएको छ ।

जिल्लाको नायकवाडा गाविस–५ कालाखोली घर भई सदरमुकाममा काम गरी खाने कैलो तीन महिनाअघि सदरमुकाम काम गर्न आएका थिए ।

वैशाख १२ गते भूकम्प गएपछि कैलोको कालाखोलीमा रहेको घर भत्किएपछि उनी हतारहतार बुधबार घरतर्फ लागेका थिए । घर पुग्न आधा घण्टाको दुरी रहेको अवस्थामा स्थानीय काउली बजारको भीरमा लडेर उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रासस