४ कार्तिक २०८३, बुधबार

अमेरिकी राष्ट्रपति ओबामाले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-koiralaकाठमाडौं, १७ वैशाख । अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले बुधबार बेलुका प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी नेपालमा आएको विनाशकारी महाभूकम्पले गरेको जनधनको क्षतीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति ओबामाले महाभूकम्पबाट मृत्यु भएकाहरु प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले अहिलेको विपत्तिको समयमा अमेरिका नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीका अनुसार नेपालमा आएको भूकम्प विपत्तिमा अमेरिकाले गरेको सहयोग सहानुभुतिको प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति ओमाबा समक्ष प्रशंसा गर्नुभएको थियो ।

दुःखको घडीमा साथ दिनु नै सच्चा छिमेकी भएको बताउँदै प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति ओबामालाई धन्यवाद समेत दिनुभएको थियो । टेलिफोन वार्ता अमेरिकी राष्ट्रपति ओबामाले नेपालमा थप राहत तथा सहयोग सामग्री पठाउन लागिएको जानकारी दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।