काठमाडौं, १७ वैशाख । भूकम्पले कमजोर बनाएको हिमाली र पहाडी भेगमा अब बाढी र पहिरोको खतरा बढेको विज्ञहरूले बताएका छन् । ठूलो भूकम्पको धक्काले कमजोर बनाएको जमिनमा पानी छिरेपछि डाँडै खस्ने सम्भावना विज्ञहरूले औंल्याएका छन् ।
विज्ञहरूका अनुसार भूकम्पले जमिनमुनिको विभिन्न तहलाई छुट्ट्याएर कमलो बनाएको पहाड खस्ने अबको खतरा हो। भूकम्पपछि आउने पहिरोबारे अध्ययन गरिरहेका वैज्ञानिक डा. रञ्जनुकुमार दाहालले अब बाढी र पहिरोले थप बितन्डा मच्चाउन सक्ने बताए ।
‘अफ्टर सकले कमजोर बनाएको जमिन जुन बेला पनि खस्न सक्छ। त्यसमा पानी परेपछि झन् डरलाग्दो हुन्छ’, डा. दाहालले भने, ‘चिरिएको जमिन र ढिस्कोमा पानी छिरेपछि थाहै नपाई ठूला ढिस्को र पहाड खस्छन् ।’ आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
नेपालको भिरालो भूबनोटका कारण पनि भूकम्पपछि पहिरो जाने खतरा बढी छ। सामान्य अवस्थामा पनि नेपाल बाढी र पहिरोको धेरै जोखिम भएको देशमा पर्छ ।















प्रतिक्रिया