२ कार्तिक २०८३, सोमबार

आफ्ना कुरा नसुनेको भन्दै भूकम्प पीडितले गृहमन्त्रीको गाडीमा ढुङ्गा हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, १७ वैशाख । उद्धार कार्य निरीक्षणका लागि बुधबार दिउँसो शोभाभगवती पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम भुकम्पपीडितलाई फेस गर्न नसकेपछि भागेका छन् । भारतीय टेलिभिजन एक घन्टा अन्तरवार्ता दिएपनि आफ्ना कुरै नसुनेको भन्दै पीडितले उनको गाडीमा ढुंगासमेत हानेका थिए ।

५ दिन बित्दा पनि राहत नपाएको भन्दै स्थानीय पीडितले उपप्रधानमन्त्री गौतमलाई घेरेर आक्रोश पोखेका थिए । उनीहरुले नारावाजी समेत गरेका थिए । भीड आक्रोशित बनेपछि गौतम कुरै नगरी गाडीमा चढेर भागे । नयाँ पत्रिका दैनिकमा समाचार छ ।