काठमाडौँ, १५ वैशाख । शनिबार ११ः५६ बजे गएको ७.६ रेक्टरको शक्तिशाली भूकम्पसँगै हालसम्म चार रेक्टर माथिका १०१ वटा भूकम्पको धक्का महशुस गरिएको छ ।
पछिल्लो समय आज साँझ ५ बजेर ३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । त्यसअघि नुवाकोट केन्द्रबिन्दु बनाएर ४ः४४ बजे ४ रेक्टर स्केलको भूकम्प गएको थियो । दुई दिनको तुलनामा आज क्रमशः भूकम्पको धक्का कम हुँदै गएको छ । रासस















प्रतिक्रिया