– गणेश गिरी
पर्वत, १६ वैशाख । महाभुकम्पका कारण पर्वत जिल्लामा धेरै भौतिक संरचना क्षति भएपछि गाउँगाउँमा उद्दार र राहतको कामलाई तीब्र पारिएको छ ।
भूकम्पबाट ध्वस्त भएका संरचनाको भगनावशेष हटाउन तथा खाद्यान्न सुरक्षित बनाउका लागि राहत र उद्दार टोली परिचालन गरिएको हो । टोलीले मंगलबार सम्म सदरमुकाम र वरपरका क्षेत्रहरुमा उद्दारको काम गरेपनि बढी प्रभाबित क्षेत्रहरुमा बुधबार देखि मात्रै पुग्ने भएको छ ।
गाउँगाउँमा ठुलो संख्यामा भौतिक संरचना ध्वस्त भएपनि उद्दार हुन नसकेको गुनासो आएपछि संयुक्त सुरक्षा फौजको १५ वटा टोली मंगलबार बिहानै देखि उद्दारको काममा परिचालन गरिएको हो । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको उक्त संयुक्त टोलीमा २ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । त्यस बाहेक नेपाली सेनाको छुट्टै टोलीले मंगलबार भूकताङ्गले र चित्रेमा उद्दार गरेको छ भने बुधबार देखि थप क्षेत्रमा पनि बास बस्ने गरी नै टोली पठाउने तयारी भैरहेको छ ।
जिल्ला बिकास समिति, कुस्मा नगरपालिका, प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल र राष्ट्रिय दलित बिकास संस्था लगायतले पिडीतका लागि पाल पठाएका छन । अहिले सम्म ६ सय थान पाल बितरण भैसेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
जिल्लामा मानवीय क्षति नभएपछि पनि ठुलो भौतिक क्षति भएको छ । भूकम्पका कारण झण्डै ३ हजार घर भत्केको बिबरण प्राप्त भएको छ । पर्वत जिल्लाका ३६ हजार घर मध्ये गाउँघरमा रहेका ५० प्रतिशत भन्दा बढी घरमा सानो ठुलो क्षति पुगेको अनुमान गरिएको छ । अहिले सम्म झण्डै ७ सय घर पुर्णरुपमा क्षतिग्रस्त भएको र २ हजार २ सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
एक हजार काटुन पानी राजधानी पठाइयो
पर्वत जिल्लाका युवाहरुको अगुवाई पानीको बोत्तल संकलन गरी बुधबार साँझ दुई हजार पानीका काटुन राजधानी पठाइएको छ ।
भुकम्पबाट पिडित बनेर खुल्ला आकाश मुनी रात विताउन बाध्य भएकाहरुका लागि सुद्धिकरण गरिएको पानीका काटुन बुधबार साँझ काठमाडौं पठाइएको हो । दर्शन ट्रान्सर्पोटले ३ वटा गाडीहरु निशुल्क उपलब्ध गराएपछि उक्त गाडिमा पानी पठाइएको छ ।
पानीका कारण थप संक्रमण फैलन नदिन आपत्तको बेलामा सहयोग स्वरुप पर्वत सदरमुकाम कुश्मा बजारमा संकलन गरीएको बोत्तल पानी राजधानी पठाइएको स्थानी्रय राजन गुरुङले बताए । गुरुङका अनुसार उक्त पानी विपत्तमा परेकाहरुलाई स्थलगत रुपमा नै वितरण गरिनेछ ।
















प्रतिक्रिया