४ कार्तिक २०८३, बुधबार

भूकम्प आएको बेला भाग्न खोज्दा मृत्यु, सभाहलमा रोकिने सबै बाँचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । शनिबार गएको भूकम्पका बेला राजधानीको सितापाइलास्थित एक रेस्टुराँमा भ¥याङतिर दौडने जति छ जनाको मृत्यु भयो भने भाग्न नपाएर सभाहलमा रोकिने ३१ जना बाँचेका छन् ।

सो रेस्टुराँमा भइरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घको साधारणसभामा भूकम्पपछि भागदौड मच्चिएको थियो । भूकम्पपछि घरबाहिर निस्कन भ¥याङतिर भागेका छ जनाको निधन भयो भने भाग्न नपाएर सभाहलमा रोकिएका बाँकी ३१ जना सुरक्षित रहेको जीवितमध्येका एक अमरकान्त दासले जानकारी दिनु भयो ।

भ¥याङतिर दौडिएका सबैको माथिल्लो तला खस्दा च्यापिएर मृत्यु भयो भने सभाहलमा रहेकामध्ये कति भूकम्पपछि भ¥याङबाट निस्किएर बाँचे भने बाँकीको सोही स्थानबाट उद्धार गरिएको दासले बताउनुभयो ।

सो रेस्टुराँ र सँगैको चर्चघरबाट हालसम्म ५५ जनाको जीवितै उद्धार र ४९ जनाको शव निकालिएको छ । ती भवनमा अझै केही व्यक्ति हुनसक्ने आशङ्काले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली नियमित उद्धारमा खटिएको छ ।

उद्धारका लागि निकै जटिल मानिएको सो घरबाट आज मात्र सङ्घका सदस्य ५५ वर्षीय अर्जुनबहादुर केसीको शव निकालिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक दुर्गाबहादुर कँुवरले राससलाई जानकारी दिनुभयो । रासस