४ कार्तिक २०८३, बुधबार

भूकम्पमा परी कर कार्यालयका चार कर्मचारीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । गत शनिबारको भूकम्पमा परी करदाता सेवा कार्यालय महाराजगञ्जका कर अधिकृतहरू मुक्ति पण्डित, विजय साह, कमला तिमल्सिना र नासु भाष्कर सापकोटाको निधन भएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका भवन भत्कँदा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको उपस्थितिमा आज बसेको कर्मचारीहरूको बैठकले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

कार्यालयको भवन भूकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भई कार्य सञ्चालन गर्न नसकिने अवस्था रहेकाले हाल आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. ३, लाजिम्पाटबाट काम भइरहेको छ । रासस