काठमाडौं, १६ वैशाख । सरकारले राजधानीबाट बाहिर जान चाहने यात्रुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले ५०० वटा निःशुल्क बसको व्यवस्था गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार मुलुकमा गएको निवासकारी भूकम्पबाट काठमाडौँबाट बाहिर जान नपाएका प्रभावित नागरिकलाई गन्तव्यमा पुर्याउन निजी क्षेत्रका शैक्षिक संस्था सञ्चालकहरुसँग समन्वय गरी ती सवारी साधनको व्यवस्था गरिएको हो ।
काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ इटहरी र पश्चिमतर्फ बुटबलसम्म जानका लागि ती बसको व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ती बस बुधबार बिहान ७ बजे तीनकुने–माइतीघर सडक खण्डबाट छुट्ने र गन्तव्य स्थलसम्म निःशुल्क पु¥याउने व्यवस्था सरकारले गरेको छ । रासस















प्रतिक्रिया