४ कार्तिक २०८३, बुधबार

भूकम्पमा परी नेपाली सेनाका गुल्मपति श्रेष्ठको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-sherestaदमौली, १६ वैशाख । विनाशकारी भूकम्पमा परी गत शनिबार मृत्यु भएका तनहुँ जामुने- ७, धयरे निवासी नेपाली सेनाका गुल्मपति ३४ वर्षीय विनोद श्रेष्ठको गाउँ यतिबेला शोकमा डुबेको छ ।

श्रेष्ठको मृत्युको खबरले यतिबेला जामुने गाविसको पसले, धयरे, कोइरालाथोक, बडहरे, गङ्गटे, कुरिनचौरलगायतका क्षेत्र शोकमा डुबेका छन् । छोराको मृत्युको खबर सुनेपछि ६० वर्षीया आमा नरमाया श्रेष्ठ बेहोस भएकी छन् । सैनिक बन्दोबस्ती अड्डा काठमाडौँंमा गुल्मपतिमा कार्यरत श्रेष्ठको गोङ्गबुमा घरले किचेर मृत्यु भएको थियो ।

उक्त दिन किनमेलका लागि बाहिर निस्कन लागेका श्रेष्ठलाई घर भत्केर माथिबाट खसेको ढुङ्गामाटोले च्यापेको थियो ।

सन् २०५९ मा श्रेष्ठले सेकेन्ड लेफ्टिनेन्ट पदबाट सेनामा जागिर सुरु गर्नुभएको थियो । श्रेष्ठले गत चैतमा मात्रै सैनिक कमाण्ड स्टाफ कलेज तहको सेनाको कठिन मानिने कोर्शसमेत पूरा गर्नुभएको थियो । श्रेष्ठको लाश नेपाली सेनाको हेलिकोप्टरमा बुधबार घरमा ल्याइएपछि उहाँको परिवारलाई सान्त्वना दिन आफन्तजन, छिमेकी, शुभेच्छुक, साथीभाइको घुइँचो लागेको छिमेकी शिवकुमार श्रेष्ठले बताउनुभयो ।

मृतक गुल्मपति अविवाहित हुनुहुन्थ्यो । उहाँका बुबाको केही समयअघि नै मृत्यु भइसकेको छ । तीन दाजुभाइमध्ये श्रेष्ठ कान्छा हुन् । श्रेष्ठको सैनिक सम्मानका साथ अन्त्येष्टी गरिने ब्यास– ८ चापाघाटस्थित केवलजङ्ग गुल्मका गुल्मपति सुरेश थापाले बताउनुभयो । रासस