४ कार्तिक २०८३, बुधबार

भूकम्पपीडितलाई राहत वितरण तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । शनिबार गएको विनाशकारी भूकम्पका कारण अतिप्रभावित विभिन्न जिल्लामा हालसम्म नगद रु २६ करोड ३० लाख वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म खाद्यवस्तुका रुपमा चामल एक हजार ३३६ क्विन्टल (१६ वटा ट्रक र पाँचवटा हेलिकप्टरबाट), चिनी १८७ क्विन्टल, नुन १२२ क्विन्टल, चाउचाउ २० हजार कार्टुन, भुजिया दुई हजार केजी, चिउरा एक हजार ८०० क्विन्टल, पिउनेपानी चार हजार केस, बिस्कुट नौ हजार कार्टुन, दालमोठ ७५ बोरा, सिमी तीन हजार ६०० बोरा अतिप्रभावित जिल्लामा वितरण गरिएको छ ।

गैरखाद्यान्न सामग्रीको रुपमा टेन्ट चार हजार ७०० थान, त्रिपाल ११ हजार ८०० थान कम्बल ३०० थान, ब्ल्याङ्केट २१० थान, सोलार लाइट तीन हजार ५२८ थान, लत्ताकपडा नौ बोरा भूकम्पपीडितलाई वितरण गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

पीडितहरुले आवश्यक मात्रामा राहत नपाएको गुनासो आइरहेका बेला सरकारले राहत वितरणलाई तीव्रता दिएको छ । रासस