४ कार्तिक २०८३, बुधबार

बसको ठक्कबाट छोरीज्वाईको घर आएकी महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी
बर्दिया, १७ वैशाख । काठमाडौंबाट भूकम्प पीडितहरुलाई बोकेर धनगढीतर्फ आइरहेको बसको ठक्करबाट बर्दियामा एक महिलाको ज्यान गएको छ ।

काठमाडौंबाट धनगढी गइरहेका ना २ ख ८४११ नम्बरको बसको ठक्करबाट बुधबार विहान सुर्खेत कुनाथरी घर भएकी ४० वर्षीया गोलमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियास्थित पूर्वपश्चिम राजमार्गको बबई पुलदेखि करिव ४ किलो मिटर पूर्व राजकुलो नजिकै सडक किनारमा बसेको अवस्थामा महिलालाई बसले ठक्कर दिएको बताइएको छ । बसको ठक्करले गम्भिर घाइते भएकी सुनारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै घाइते सुनारलाई उपचारका लागि प्रहरीले कोहलपुरस्थित मेडिकल कलेज पु¥याएको थियो ।

सुनार बर्दिया बानियाभारमा रहेको छोरीज्वाईको घर आएकी थिइन् । घर फर्कनका लागि राजमार्गमा बस कुरिरहेको अवस्थामा उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय भुरिगाउँले नियन्त्रणमा लिएको छ । महाभूकम्पका कारण त्रसित भएर घर फर्कन लागेका यात्रुलाई भने अर्को बस व्यवस्था गरी यहाँबाट पठाइएको प्रहरीले बतायो ।