४ कार्तिक २०८३, बुधबार

राहत सामग्री नपाएपछि भूकम्प पीडितद्वारा प्रशासन र जिविसमा तोडफोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरीकोट (दोलखा), १६ वैशाख । भूकम्पपीडितहरुले राहत सामग्री नपाएपछि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा विरोध प्रदर्शन गर्दै तोडफोड गरिरहेका छन् ।

भूकम्प आएको चार दिन बितिसक्दा पनि त्रिपाल, खानेपानी, खाद्यान्न सामग्री नपाएको भन्दै पीडितहरुले प्रशासन र जिविसमा तोडफोड गरेका हुन् ।

विरोध प्रदर्शन र नाराबाजी गर्दै पीडितहरुले प्रशासन कार्यालयमा पसेर टेबुल, कुर्सी निकाली बाहिर ल्याइ जलाएका छन् । पीडितले लामाबगरमा अलपत्र परेका यार्सागुम्बा सङ्कलकहरुको उद्धार गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।

सयौँको सङ्ख्यामा प्रशासन र जिविस कार्यालय पुगेका पीडितले राहत सामग्री नपाएको भन्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् । प्रशासनले अहिलेसम्म राहतका कुनै पनि सामग्री बाँड्न सकेको छैन । गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्री जिल्लामा उपलब्ध हुन नसकेका कारण पीडितलाई वितरण गर्न नसकिएको बताउनुभयो । रासस