लम्की (कैलाली), १६ वैशाख । पूर्व–पश्चिम राजमार्गको चिसापानी–अत्तरिया सडकखण्डमा बसको ठक्करबाट सडक पार गर्दै गरेका एक पैदल यात्रुको मृत्यु भएको छ ।
ना५ख ७५१७ नम्बरको बसको ठक्करबाट सडक पार गर्दै गरेका मंसुरिया गाविस–१ की ५० वर्षीया नर्मादेवी साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अहिले उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको छ । रासस















प्रतिक्रिया