४ कार्तिक २०८३, बुधबार

बल्खुबाट प्रहरीले पुरिएका शव निकाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । बल्खु महानगरीय प्रहरी प्रभागको सक्रियतामा स्थानीय मदननगरस्थित गौरी श्रेष्ठको घरबाट आज बिहान दुई शव निकालिएका छन् ।

शनिबार गएको भूकम्पबाट घर भत्किएर च्यापिएको अवस्थामा फेला परेका ती शव निकाल्न नेपाली सेना, सशस्त्र प्रहरी तथा भारतीय प्रविधिक टोलीले सहयोग गरेका थिए ।

ती शव गन्हाउन लागेपछि स्थानीयले खबर गरेपछि सो प्रभागको सक्रियतामा बाहिर निकाल्ने कार्य भएको प्रहरीले जनाएको छ ।

यसअघि भूकम्पका कारण समस्यामा परेका स्थानीयवासीलाई आश्रम मार्ग, खाद्यान्न क्षेत्र, सुकुम्बासी बस्तीलगायतका स्थानबाट ५८ जनालाई प्रभागले सकुशल उद्धार गरेको थियो ।

बल्खुबाट हेटौँडा, वीरगन्जलगायत दूरीअनुसार तोकिएभन्दा बढी भाडा लिएर यात्रु लिएर ओसारपसार गर्ने टाटा सुमोलाई प्रहरीले कारबाही गरेको छ । कारबाहीका क्रममा दुई चालक, दुई विचौलियालाई पक्राउ गरी दुई सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी निरीक्षक वसन्त मण्डलले जानकारी दिनुभयो ।