काठमाडौं, १६ वैशाख । भूकम्प पीडितहरुका लागि नेपाल निर्माण व्यवसायी महासंघले राहत तथा सहयोग संकलन गर्ने भएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महांसघले देशभरीका आफ्ना सदस्यबाट सहयोग संकलन गर्ने जनाएको हो ।
जसअनुसार महासंघले आफ्ना प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्न भएको छ । ‘देशभरका सबै निर्माण व्यवसायीहरुलाई स्थानीय जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी आ–आफनो यन्त्र, उपकरण, प्रविधि तथा अत्यावश्यक जनशक्ति सहित विपतको यस घडिमा यु्द्धस्तरमा उद्धार कार्यमा लाग्न आग्रह गर्दछौं’ महासचिव रामशरण देउजाद्धार हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
महासंघले आफ्ना सदस्यहरुबाट १ सय रुपैयाँ संकलन गरेर केन्द्रमा पठाउन जिल्ला निर्माण व्यवसायी संघलाई निर्देशन समेत दिएको छ । ‘भुकम्पपीडितहरुका लागि आ–आफना प्रत्येक सदस्यबाट न्यूनतम एक सय रुपैया संकलन गरी यथाशक्य महासंघको केन्द्रीय कार्यालयमा उपलब्ध गराउन जिल्ला निर्माण व्यवसायी संघहरुलाई अपील गरिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।















प्रतिक्रिया