४ कार्तिक २०८३, बुधबार

मोरङमा एमालेको नेतृत्वमा भूकम्प पीडितका लागि राहत संकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-rahat-sankalan मोरङ, १६ बैशाख । गत शनिबार आएको शक्तिशाली भूकम्पका कारण हजारौ सर्वसाधरण बिस्तापित भएपछि राहत संकलनका लागि पूर्वी मोरङमा नेकपा एमाले सक्रिय देखिएको छ ।

Uml-rahat-sankalan-1भूकम्पका कारण हजारौ सर्वसाधारण घरबार विहिन भईरहेको तथा खान नपाईरहेको अवस्थामा उनीहरुलाई राहत पुर्याउन पुर्वी मोरङमा क्षेत्रमा एमाले सक्रिय देखिएको हो । नेकपा एमालेको मोरङ क्षेत्र नम्बर ९ कमिटी, इटहरा गाउँ कमिटी, पथरी–शनिश्चरे नगर कमिटी, मधुमल्ला गाउँ कमिटी, मोरङ क्षेत्र नम्बर ४ को कमिटी, लेटाङ–भोगटेनी नगर कमिटी लगायतका एमालेका पुर्वी मोरङमा रहेका सबै कमिटीहरु राहत संकलनमा सक्रिय भएर लागेका छन् ।

एमाले इटहरा गाउँ कमिटीले मंगलबार इटहरा गाबिसभित्र सक्रिय रुपमा राहत रकम संकलन गरेको छ । दिनभरी दुई सय बढी एमाले कार्यकर्ताहरु सक्रिय रुपमा खटिएर ६६ हजार रुपैयाँ सकंलन भएको छ । सो रकम बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा बुझाईने एमालेका इटहरा अध्यक्ष शान्तिराम बरालले जानकारी दिनुभयो ।

Uml-rahat-sankalan-2‘देशमा विपत् आईपरेका बेला जनतालाई केही राहत मिलोस् भनेर राहत रकम संकलन गरेका छौ’– एमाले मोरङका उपाध्यक्ष चन्द्रविर राईले भन्नुभयो–‘स्वतस्फुर्त रुपमा राहत संकलन गर्ने काम भएको छ ।’ यस्तै एमाले मोरङ क्षेत्र नम्बर ९ कमिटीले पनि एक लाख भन्दा धेरै रकम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री द्धैबी प्रकोप समितिमा पठाएको छ ।