काठमाडौँ, १६ वैशाख । विनाशकारी भूकम्पमा परी हालसम्म चार हजार ७६८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट नौ हजार ६२६ जना घाइते भएका छन् ।
काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५० र ललितपुरमा १५९ जनाको मृत्यु भएको छ भने काठमाडौँमा दुई हजार १४२, भक्तपुरमा एक हजार ८८९ र ललितपुरमा एक हजार ६० जना घाइते भएका छन् ।
पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा दुई हजार ४८, पश्चिम क्षेत्रमा ३८२ र मध्यपश्चिम क्षेत्रमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । रासस















प्रतिक्रिया