४ कार्तिक २०८३, बुधबार

काठमाडौंबाट घर फर्किने यात्रुको भीडले नयाँ बानेश्वरमा खुट्टा टेक्ने ठाउँ छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

People watch rescue work at collapsed Hotelकाठमाडौँ, १६ वैशाख । राजधानीबाट बाहिर जाने यात्रुहरुको अत्यधिक चाप अहिले बानेश्वरमा देखिएको छ ।

विनाशकारी भूकम्पको कारण केही दिनदेखि उपत्यकाबाट बाहिर जान नपाएर रोकिनु परेका कारणले यात्रुहरुको आज अधिक चाप देखिएको हो ।

उपत्यकाबाट बाहिर जाने यात्रुहरुको लाइन नयाँ बानेश्वरदेखि तीनकुनेसम्म पुगेको छ । हजाराँै यात्रुहरु गन्तव्यमा जान बिहान ३ बजेदेखि नै लामबद्ध भएर बसेका छन् । संविधानसभा परिसरबाट बाहिर जाने यात्रुका लागि बस चढ्ने व्यवस्था मिलाइएको छ ।

यात्रुको अत्यधिक चापका कारण प्रहरीलाई लाइन व्यवस्थित तुल्याउन तथा ट्राफिक प्रहरीलाई यातायातका साधनलाई आवत जावतलाई सहज तुल्याउन हम्मेहम्मे परिरहेको छ ।

सरकारले निजी क्षेत्रका शैक्षिक संस्थाको सङ्गठन प्याब्सन, एन प्याब्सन र हिसानसँग समन्वय गरेर उनीहरुले उपलब्ध गराउने बसमा यात्रुलाई उपत्यका बाहिर पठाउने चाजोपाजो गरिरहेको छ । यात्रुको चापअनुसारको सवारी साधनको सङ्ख्या कम भएकाले घाइते, महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर गन्तव्यतर्फ पठाइने प्रहरी वृत्त बानेश्वरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उच्चमाध्यमिक विद्यालय सङ्घका अध्यक्ष उमेर श्रेष्ठले आजका लागि निजी क्षेत्रका शैक्षिक संस्थाले १५० वटा बसको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाबाट यात्रुलाई बाहिर लैजाने क्रममा हाम्रो तर्फबाट निःशुल्क रुपमा ५०० बसको व्यवस्था मिलाएका छौँ, त्यो क्रमशः दिँदै जानेछौँ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेलले हिसानलगायत संस्थाले ५०० बस दिने भनेकामा आज १५० को सङ्ख्यामा मात्र उपलब्ध गराएकाले व्यवस्थापनका लागि अत्यन्त चुनौति देखिएको जानकारी दिनुभयो ।

ती संस्थाहरुले पूर्व तथा पश्चिम क्षेत्र जाने यात्रुलाई काठमाडौँबाट पहिलो गन्तव्यका रुपमा नारायणगढसम्म पु¥याउने र त्यसपछि त्यहाँबाट अर्काे बसबाट सरकारले तोकेको अर्काे गन्तव्यस्थल लैजाने व्यवस्था मिलाएको छ ।

बानेश्वरमा अहिले पाँच हजारभन्दा बढी सर्वसाधारणको घुइँचो लागेको छ । उपत्यकाबाट बाहिर यात्रुलाई लिएर पहिलो सवारीको साधनको रुपमा बा२क ८९८ नम्बरको बस बिहान ७ः३० बजे छुटेको थियो । रासस