४ कार्तिक २०८३, बुधबार

एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई गोकर्ण विष्टको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gokarna-bista

– शिवलाल सुवेदी

गुल्मी १६ बैशाख । शनिवार गएको विनाशकारी भूकम्पबाट गुल्मी जिल्लाका पीडितलाई राहतका लागि नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ का सभासद गोकर्ण बिष्टले आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु हुने भएको छ ।

शनिवार गोरखा जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको महाभुकम्पले गुल्मी जिल्लामा पनि ठुलो क्षति पु¥याएकाले जिल्लाका सम्पूर्ण भुकम्प पीडितहरुलाई राहत स्वरुप उहाँले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्नुभएको हो । आफ्नो १ महिनाको पारिश्रमिक ५० हजार रुपैया जिल्ला दैवीप्रकोप उद्धार समितिले सञ्चालन गरेको भूकम्प पीडित राहत कोषमा उपलब्ध गराउने नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो ।

आफू गुल्मी क्षेत्र नम्बर ३ का जनताहरुले अत्यधिक मतले निर्वाचित गराएर सभासद भए भएपनि महाभुकम्पले गुल्मी जिल्लाका ३ बटै निर्वाचन क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सबै क्षेत्रका भुकम्प पीडितहरुको राहतका लागि एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको सभाषद बिष्टले बताउनुभयो ।

शनिवार र आइतवार गएको महाभुकम्पले गुल्मी जिल्लामा ६ सय ६९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन भने १ हजार १ सय १३ घरमा आशिंक क्षति पुगेको छ । ११ बटा सामुदायिक भवन क्षति भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । त्यस्तै आधा दर्जन मानिसहरु घाइते भएका छन ।