४ कार्तिक २०८३, बुधबार

सेनाद्धारा ४ महिने शिशुको २२ घण्टापछि जिवितै उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sena-child-rescue-1काठमाडौं, १६ वैशाख । महाभूकम्पमा फसेको २२ घण्टापछि नेपाली सेनाको उद्दार टोलीले चार महिने बालकको सकुशल जिवितै उद्दार गरेको छ ।

सोमबार राति २ बजे भक्तपुर मूलढोकाका श्याम अवालका चार महिनाका छोरालाई सेनाको उद्दार टोलीले जिवितै उद्दार गरेको युद्धभैरभ गणका निमित्त गणपति सेनानी डम्बर बहादुर आलेमगरले बताउनुभयो ।

घर लडेर शिशु पुरिएपछि श्यामले प्रहरीमा खबर गरेका थिए । अहिले शिशुको भक्तपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । परिक्षणका क्रममा उनलाई शिशुको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।

Sena-child-rescue