४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितको सहयोगका लागि कञ्चनपुरको झलारीमा राहत संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pidit

महेन्द्रनगर, १६ वैशाख । कञ्चनपुरको झलारीबाट गत शनिबार गएको महाभुकम्पबाट पीडितहरुका लागी राहत संकलको काम सुरु गरिएको छ ।

झलारी पिपलाडी उद्योग बाणिज्य संघ, जेपी स्पोटर्स क्लब, पहिचान खबर नेपाली दैनिक तथा विभिन्न सहकारी संस्थाहरुको पहलमा झलारी, बनसमिति र कलुवापुरका स्थानीय तथा व्यापारीहरुबाट राहत रकम संकलन कार्य सुरु गरिएको हो ।

यस क्षेत्रका राजनीतीक दलका नेता तथा व्यापारीहरुले भुकम्पबाट पीडीतहरुको सहयोगका लागी देश विदेशबाट सहयोग संकलन भैरहेका बेला कञ्चनपुरको झलारी क्षेत्रबाट पनि सहयोग संकलनको कार्य हुनु निकै सह्रानिय र मानविय भएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसका नेता दिलबहादुर ऐरले ‘एउटा ठाउँको नेपाली माथि परेको दुःख अर्को ठाउँमा रहेको नेपालीले नहेरे कस्ले हेर्छ ?’ ‘दुःखको घडीमा सबै नेपालीले एक अर्कालाई सहयोग पुर्‍याउनु पर्छ । दुःखमा कुनै सिमा हुदैन ।’ बताए । झलारी पिपलाडी उद्योग वाणिज्य संघका

जेपी स्पोटर्स क्लबका अध्यक्ष बसन्त भट्टले संकलन गरिएको रकम तथा सहयोग सामाग्री प्रभावित क्षेत्र सम्म पठाइने बताए । मंगलबार सुरु गरिएको राहत संकलनमा मानिसहरुले आर्थिक रुपमा सक्दो सहयोग गरेको उद्योग वाणिज्य संघका सचिव जोगी सिह सोवले बताए ।

मंगलबार झलारीबाट ३२ हजार ९७ रुपैयाँ संकलन भएको छ । विभिन्न व्याक्ति, संस्था, पसल तथा फर्महरुबाट दिईएको राहत रकम भुकम्प पीडितहरु सम्म पुर्‍याईने छ ।