४ कार्तिक २०८३, बुधबार

गाडीको टिकट नपाएको भन्दै नाराबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । काठमाडौँ उपत्यका बाहिर जानका लागि टिकट नपाएको भन्दै विपत्मा परेका सर्वसाधारण यात्रुले नयाँ बसपार्क क्षेत्रभित्र आज नाराबाजी गरेका छन् ।

भूकम्पको त्रास र आउन सक्ने महामारीबाट जोगिनका लागि खुला स्थान गन्तव्यतर्फ जान बाध्य यात्रुलाई बसपार्कबाट टिकटको व्यवस्था गर्नाको सट्टा बस व्यवसायीले तोकिएकोभन्दा दोब्बर भाडा लिएर बसपार्क बाहिरैबाट लैजाने गरेको भन्दै यात्रुले नाराबाजी गरी यातायात सञ्चालनमा अवरोध पु¥याएका हुन् ।

गुल्मी तम्घास जान आफू बिहानैदेखि नयाँ बसपार्कमा टिकटका लागि लाइन बसेका सुमन पोखरेलले भन्नुभयो,‘घर जानका लागि टिकट काट्न बिहानै यता बसपार्क आएर लाइन बसियो तर अहिले दिउँसो एक बजेसम्म पनि टिकट काउन्टर खोलिएको छैन, बरू बस पार्कमा भएका बस बाहिर निस्केर दोब्बर भाडा लिएका छन् ।”

शनिबारको विनाशकारी भूकम्पबाट त्रसित मानिस गन्तव्यस्थलतर्फ जान मुख्य नाका कलङ्की, गोंगबु बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, सातदोबाटो र पशुपतिलगायत क्षेत्रमा यात्रुको चाप देखिएको छ । यसैगरी भूकम्पको त्रासमा परेका सर्वसाधारण यात्रुलाई सहज रूपमा यात्रा गराउन पश्चिम यातायात व्यवसायी समितिले २५० गाडीसहित पदाधिकारी र कर्मचारी राजधानी ल्याएको छ । रासस