४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितलाई राहत प्रतिपरिवार सात हजार मात्रै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १५ वैशाख । भूकम्पले विपत्ति ल्याएको चार दिनपछि जिल्ला प्रशासन कार्यालयले भूकम्पपीडित परिवारका लागि पहिलो चरणको राहत वितरण गर्ने भएको छ ।

जिल्लामा ५० हजार घरमा भूकम्पले क्षति पु¥याए पनि अहिले रु चार करोड मात्र वितरण गर्न लागिएको हो । आज सदरमुकाम विदुरमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई प्रति परिवार रु सात हजार वितरण गर्ने निर्णय भएको प्रजिअ कोशहरि निरौलाले बताउनुभयो ।

प्रधानमन्त्री राहत उद्धार कोषबाट प्राप्त रु दुई करोड र जिविसको विकास वजेटबाट रु दुई करोड पहिलो चरणमा वितरण गर्न लागिएको हो । घर भत्केकाका लागि रु पाँच हजार र खाद्यान्नबापत रु दुई हजार गरी रु सात हजार प्रतिपरिवारले पाउने छन् । जिल्लामा रहेका ६१ गाविसका गाविस सचिवमार्फत वितरण गरिने छ । बुधबारदेखि राहत वितरण सुरु हुने प्रजिअ निरौलाले बताउनुभयो ।

स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले राहत रकम न्यून भएकाले शोधभर्ना हुने गरी जिविसको रकम राहतका लागि पठाइएको बताउनुभयो । भूकम्पबाट जिल्लामा ५० हजार घर भत्किएको अनुमान स्थानीय प्रशासनले गरेको छ । भूकम्पबाट आज साँझसम्म सम्म पाँच सय ६३ जनाको मृत्यु भएको बताइएको छ । रासस