काठमाडौँ, १५ वैशाख । विनाशकारी भूकम्पका कारण निधन भएका दिवङ्गत आत्माको चीर शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकारले आजदेखि तीन दिनसम्म नेपाल राज्य र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज सूचना जारी सो सम्बन्धमा जानकारी दिएको हो । रासस
















प्रतिक्रिया