४ कार्तिक २०८३, बुधबार

भगवान नै संकटमा, कुन–कुन मन्दिर ध्वष्त भए ? हेर्नुस् फोटोहरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu-Mandir35

काठमाडौँ, १५ वैशाख । यसपटकको महाभूकम्पले काठमाडौँका ऐतिहासिक धरोहरहरु सखाप पारेको छ । दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलहरु अब सम्झनामा मात्रै बाँकी रहेका छन् ।

मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाडौँ उपत्यका यतिबेला कुरुप बनेको छ । मन्दिरहरु प्रायः सबै ध्वष्त छन् ।

नेपालको शानको रुपमा पचपन्ने झ्याले दरवारदेखि बसन्तपुर दरबार स्क्वायर, विश्व सम्पदा सूचीको स्वयम्भुनाथदेखि रानी पोखरीसम्मका ऐतिहासिकस्थलमा क्षति पुगेको छ ।

सबैभन्दा ठूलो क्षति त हनुमानढोका क्षेत्र, चागुनारायण, स्वयम्भुनाथ क्षेत्र र पशुपतिनाथ क्षेत्रमा पुगेको छ ।

नेपालमा अधिकांश सर्वसाधारण धर्ममा विश्वास गर्छन् । नेपालमा धार्मिक पर्यटनका लागि पर्यटकहरु पनि उत्तिकै आउने गर्छन् । तर, प्राचिनकालदेखि निर्मित धार्मिक सम्पदाहरु यतिबेला खण्डहर बनेको छ ।

विनाशकारी भुइँचालोले ऐतिहासिक, महत्व बोकेका काठमाडौ, भक्तपुर र ललितपुरका ९० प्रतिशत भन्दा बढि मन्दिरहरु क्षतविच्छेद बनाइदिएको छ । भगवानका मूर्तिहरु पनि अस्तव्यस्त र तितरवितर छन् । यस्ता पुरातात्विक बस्तुहरु चोरिने र हराउने खतरा पनि उत्तिकै बढ्न थालेको छ ।
पुरातत्वविभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार, हनुमानढोका दरबारभित्रको नौ तल दरबारको छाना ध्वष्त भएको छ । यसैगरी, हनुमान ढोका दरबार सबै चर्किएको छ भने विष्णु मन्दिर, माजुदेवल, भगवती मन्दिर, काष्ठमण्डप, महादेव मन्दिर, कृष्ण मन्दिर, दशमहाघर, प्रतापमल्लको शालिक ध्वष्त भएको छ ।

यसैगरी, चागुनारायण मन्दिर चर्किएको छ भने चागुनारायण भित्र रहेको सेता गुम्बा, किलेश्वर महादेव मन्दिर, अमात्य सत्तल ध्वष्त भएको छ ।

स्वयम्भुमा पनि भूकम्पले वितण्डा मच्चाएको छ । स्वयम्भुनाथमा रहेको अनन्तपुर, शान्तिपुर, प्रतापपुर, देवधर्म महाविहार, मुख्य चैत्य चर्किएको छ । थुप्रै निजी घरहरु ध्वष्त भएका छन् ।

ललितपुरको पाटनका चार नारायण मन्दिर, शंकर नारायण मन्दिर ध्वष्त, मुलचोकको तलेजु मन्दिर र सुन्दरी चोक ध्वष्त भएको छ ।

शंखमुलस्थित जगतनारायण मन्दिर, बागमती किनारका मन्दिर र सत्तलहरु पनि ध्वष्त छन् ।

बुङमतीस्थित रातो मछिन्द्रनाथको मन्दिर, थापाथालीस्थित हिमहिरण्य मन्दिर ध्वष्त भएको छ ।

पशुपति क्षेत्रमा पनि भूकम्पले निकै ठूलो क्षति पुगेको छ । पशुपत क्षेत्रमा रहेको विश्वरुप मन्दिर, पूर्वतिरको पाटी र उत्तरतिरको सत्तलहरु भत्किएको छ । गुहेश्वरी मन्दिर, किराँतेश्वर सत्तल, आर्यघाटको सेतो शिवालय, पञ्चदेवल, शंकराचार्य मन्दिर र आश्रम, महास्नान घर, शंखनारायण सत्तल, जय बागेश्वरी, मृत्युन्जय महादेव मन्दिर, ताम्रेश्वर महादेव मन्दिर, गोरखनाथ मन्दिर र भण्डार घर, चण्डेश्वर सत्तल, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, पुल पारिको घाट, पसल, सत्तल, अनन्तनारायण मन्दिर र मूर्ति, पञ्चगणेश, भष्मीश्वेर चोकको तीन शिवालय, उदासी अखडा ध्वष्त भएको छ ।

यसैगरी, भक्तपुरको वत्सला मन्दिर, शशीदेव, हरिशंकर सत्तल, केदार नाथ मन्दिर, लाल बैठक, न्यातपोल मन्दिर ध्वष्त भएको छ ।

हेर्नुस् उपत्यकाका ऐतिहासिक सम्पदाको यो हालतः

Bhukampa-Kathmandu-Mandir Earthquake in Nepal Nepal Earthquake Bhukampa-Kathmandu-Mandir4 Bhukampa-Kathmandu-Mandir5 Bhukampa-Kathmandu-Mandir6 Bhukampa-Kathmandu-Mandir7 Bhukampa-Kathmandu-Mandir8 Bhukampa-Kathmandu-Mandir9 Bhukampa-Kathmandu-Mandir10 Bhukampa-Kathmandu-Mandir11 Bhukampa-Kathmandu-Mandir12 Bhukampa-Kathmandu-Mandir13 Bhukampa-Kathmandu-Mandir14 NEPAL EARTHQUAKE Bhukampa-Kathmandu-Mandir17 Bhukampa-Kathmandu-Mandir18 Bhukampa-Kathmandu-Mandir19 Bhukampa-Kathmandu-Mandir20 Nepal Earthquake Bhukampa-Kathmandu-Mandir22 APTOPIX Nepal Earthquake Bhukampa-Kathmandu-Mandir26 Nepal Earthquake Bhukampa-Kathmandu-Mandir29 Nepal Earthquake Bhukampa-Kathmandu-Mandir32 Earthquake in Nepal Bhukampa-Kathmandu-Mandir34 Bhukampa-Kathmandu-Mandir35 Bhukampa-Kathmandu-Mandir37 Bhukampa-Kathmandu-Mandir40 Death toll passes 2,300 as major aftershocks continue to rock Nepal Bhukampa-Kathmandu-Mandir45 Bhukampa-Kathmandu-Mandir46 Bhukampa-Kathmandu-Mandir49 Bhukampa-Kathmandu-Mandir50 Bhukampa-Kathmandu-Mandir52 Bhukampa-Kathmandu-Mandir53