– शिबलाल सुबेदी
गुल्मी १५ वैशाख । गुल्मी घर भएर राजधानी बस्दै आएका गुल्मीवासीहरु धमाधम जिल्ला फर्किएका छन । विभिन्न कामको सिलसिलामा काठमाडौंमा बसेका गुल्मीवासीहरु भूकम्पको त्रासले जिल्ला फर्केका हुन ।
काठमाडौ लगायत देशका अन्य केही शहरबाट मानिसहरु जिल्ला फर्किएपछि गाउंघरमा चहल पहल बढेको छ । काठमाडौमा सानो रोजगारी गदै आफ्नो परिवारको गुजारा चलाईरहेका गुल्मी धुर्कोटरजस्थल ९ का २८ बर्षिय प्रकाश भण्डारी सोमबार काठमाडौबाट फर्केर मगंलवार दिउसो गाउँ जानका लागि सदरमुकाम तम्घासमा गाडीको खोजीमा थिए ।
शनिवार गएको भुकम्पले आइृतवार मात्र घरमा फोन सम्पर्क भएको थियो आमा धेरै नै आत्तिएकाले घर आएको हुँ प्रकाशले भन्नभयो “काठमाडौमा २ ÷४ दिन त बस्नै मन समेत लागेन ।” काठमाडौमा शनिबार आईतबार गरि पटक पटक गएको भुकम्पले अहिले पनि भुकम्प गएजस्तै भएको समेत प्रकाशले बताउनुभयो । यहाँ त के भएको रहेछ र काठमाडौमा त हेनै नसकिने गरि क्षती भएको उहाँले अगाडि थप्नुभयो ।
पहिलो दिनको भूकम्पले घर कुनै सम्पर्क नभएपनि बावा, आमा लगायत अन्य परिवारका सदस्यहरु सुरÔित भएको जानकारी पाएको छु, मलाई पनि कतिबेला घर पुगौ पुगौ भएको छ प्रकाशले बताउनुभयो । काठमाडौमा बस्दा त कुनै पनि ‘चिनजानेका मान्छेहरुसगं पनि फोन सम्पर्क हुन सकेको थिएन उहांले भन्नुभयो “अहिले भने काठमाडौ बाहिर भएर होला अलि अलि सम्पर्क हुन थालेको छ ।”
त्यस्तै गुल्मी अर्खवाङ्गका रामु थापा पनि मगंलवार सदरमुकाम तम्घासको पश्चिम जिपपार्कमा गाडीको खोजीमा भौतारिरहनु भएको थियो । शनिवार दिउसो बुबास“ग फोनमा कुरा भएको तर, के के भयो भन्ने कुनै जानकारी नपाएर उहाँ निकै हतासमा देखिनु भएको थियो । पहिले एक पटक फोनमा कुरा भएको थियो थापाले भन्नुभयो “त्यसपछि फोनमा बा–आमास“ग कुरा गर्न सकेको छैन कति बेला घरमा पुगौ भएको छ ।” गाउँघरमा कुनै मानवीय क्षती नभएको सुनेको छु तर भौतिक Ôति भने धेरै भएको छ भन्ने सुन्नुभएका रामुले सोमवार बिहान काठमाडौबाट ठुलो मुस्किलले गुल्मी आउने गाडी भेटेको बताउनुभयो ।
आफ्ना परिवारका सदस्यजन सुरÔित भएको जानकारी पाउनु भएका रामु थापाले अगाडि थप्नुभयो‘ काठमाडौमा कष्टले बस्नुभएका उहाँले यस्तो आपत पर्दा परिवारका सदस्यको साथ महसुस भएको बताउनुभयो । ’ थापा जस्तै उपचार गर्न जानुभएका गुल्मी धुर्कोटका कुष्ण प्रसाद भण्डारी पनि भुकम्पका डरले छिट्टै गुल्मी फर्केको बताउनुभयो । डाक्टरले १० दिन नियमित चेकअप गर्नुपर्छ भनेको थियो तर भुकम्पको थक्का अहिले पनि महसुस भैरहेको छ, मन अति नै डराएको उहाँले बताउनुभयो ।
काठमाडौबाट सिधै गुल्मीका लागि गाडी नपाएर ठुलो कष्टका साथ बुटबल हुदै गुल्मी आउनुभएका उहाँले मरेपनि सबै परिवारका सदस्यहरु सगँ मर्ने भन्दै डाक्टरको सल्लाह विपरित घर फर्केको बताउनुभयो । सदरमुकाम तम्घास आउन भएका भण्डारीले तम्घासबाट गाउँ जानका लागि समेत गाडीको समस्या भएको गुनासो गर्नुभयो । यता जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाको सदरमुकाम तम्घासबाट गामिण क्षेत्रमा जाने सर्वसाधरणहरुका लागि सहज यातायातको ब्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्रशासनले भुकम्पपछि काठमाडौ लगायत देशका बिभिन्न सहरबाट गाउँ फर्केका जिल्लावासीहरुलाई पहिलेकै भाडामा आ–आफ्नो स्थानमा पु¥याउनका आग्रग गरेको जनाएको छ । काठमाडौमा बिभिन्न कामका लागि बस्दै आएका गुल्मीवासीहरुलाई जिल्ला फर्काउनका लागि गुल्मीबाट केही सवारीका साधनहरु काठमाडौ पठाइएको यातायात ब्यवसायीहरुले बताएका छन ।















प्रतिक्रिया