४ कार्तिक २०८३, बुधबार

राहत नपाएपछि दोलखामा भूकम्प पीडितको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट (दोलखा), १५ वैशाख । सदरमुकाम चरिकोटमा भूकम्प पीडितहरुले राहत सामग्री नपाएपछि अहिले जिल्ला प्रशासन कार्यालय, चरिकोटमा विरोध प्रदर्शन गरिरहेका छन् ।

भूकम्प आएको तीन दिन वितिसक्दा पनि त्रिपाल, खानेपानी तथा खाद्यान्न सामग्री नपाएको भन्दै पीडितहरुले प्रशासन कार्यालयमा विरोध प्रदर्शन र नारावाजी गरेका हुन् । डेढ सयको सङ्ख्यामा रहेका पीडितले राहत सामग्री नपाउँदासम्म विरोध प्रदर्शन गर्ने बताएका छन् । प्रशासनले राहत सामग्री बाँडिरहेको हल्ला चलेपछि गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्रीका लागि गृह मन्त्रालयसित अनुरोध गरे पनि उपलब्ध हुन नसकेको बताउनुभयो ।

“पच्चिस हजार त्रिपाल उपलब्ध गराउन गृह मन्त्रालयसित अनुरोध गरेका छौंँ”, उहाँले भन्नुभयो । यसैवीच, सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको बर्दबहादुर गणको टोलीले आज यहाँ रहेको नेपाल वैंक लिमिटिडको भवनबाट रकम निकाली ब्यारेकमा राखेको छ । वैंक रहेको भवन भूकम्पबाट क्षतिग्रस्त भएपछि सेनाको टोलीले सुरक्षितसाथ राख्न रकम झिकेको हो । रासस