२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई नेपाल इन्भेष्टमेण्ट बैंकको एक करोड आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niblकाठमाडौं, १५ वैशाख । नेपालमा शनिवारदेखि आएको महाभूकम्पबाट विस्थापित भएका परिवारको राहतका लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एक करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले भुकम्पबाट भत्किएको घर पुनःनिर्माण गर्ने कार्यमा सर्वसाधारणलाई सहयोग पुर्‍याउन एक करोड रुपैंया बराबरको जस्तापाता किनि महाभुकम्प प्रभावित क्षेत्रमा यथाशीघ्र वितरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

साथै सञ्चालक समितिको बैठकले हालै गएको विध्वंसकारी महाभुकम्पबाट भएको जनधनको क्षति प्रति गहिरो दुःख प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ लाभ तथा मृतात्माहरुको चीर शान्तीको कामना समेत गरेको छ ।

‘भुकम्पबाट भत्किएको घर पुनःनिर्माण गर्ने कार्यमा सर्वसाधारणलाई सहयोग पुर्‍याउने हेतुले एक करोड रुपैंया बराबरको जस्तापाता किनि महाभुकम्प प्रभावित कुनै क्षेत्रमा यथाशीघ्र वितरण गर्ने निर्णय गरेका छौं ।’ प्रमुख कार्यकारी अधिकृत पाण्डेले भन्नुभयो ।

बैंकले महाभुकम्पबाट ध्वस्त भएको यूनेस्कोबाट विश्व सम्पदामा सूचिकृत केहि स्थानहरु पुनःनिर्माण गर्न सहयोग र पहल गर्ने दृढ प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Press Release- Nepal Investment Bank Ltd