४ कार्तिक २०८३, बुधबार

एमालेको नेतृत्वमा अछाममा ७० हजार बढी राहत संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-accham-help– कालु बोहरा
अछाम १५ वैशाख । नेपालमा शक्तिशाली भुकम्प आएपछि ठुलो जन धनको क्षती भएपछि बिभिन्न ठाँउवाट राहत संकलन कार्यले पनि तिब्रता पाएको छ । जिल्लाका विभिन्न निकायले आज ७० हजार रकम संकलन गरेको छ ।

जिल्ला स्थित नेकपा एमाले, अछाम जेसीज, पत्रकार महासंघ, अनेरास्ववियु, क्यान अछाम, नेपाल रेडक्रस अछाम शाखा, प्रेस चौतारी, युवा संघ, लगायत अन्य नागरिक संगठनहरुको नेतृत्वमा गएको टोलीले रु ४० हजार राहत संकलन गरेको नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्वसभासद शेर बहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी अछाम जिल्लामा पनि बिभिन्न क्षेत्रबाट राहत संकलन कार्य भईरहेको छ । भुकम्प पीडितका लागि आज बिहान अछाम बहुमुखी क्याम्पसले राहत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा नागरिक समाज अछामका अध्यक्ष छत्र बिष्टका अनुसार क्याम्पसका प्राध्यापक, बिद्यार्थीहरु र स्थानियवाट ३० हजार १ सय ५२ रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।