४ कार्तिक २०८३, बुधबार

अर्घाखाँचीमा ४९ घर पुर्णरुपमा ध्वस्त, डेढ सय घरमा आशिंक क्षती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Chitwan1

– घनश्याम पौडेल

अर्घाखाँची १५ वैशाख । बिनाशकारी भूकम्पबाट अर्घाखाँचीमा ४९ घर पुर्ण रुपमा भत्किएका छन् । करिब डेढ घरमा आशिंक क्षती भएको छ ।

भूकम्पले घर ध्वस्त पारेपछि यहाँका ४९ घर परिबार खुल्ला आकारसमा बसिरहेका छन् । उनीहरु घरबाट पुर्ण रुपमा बिस्थापीत भएका छन । जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएका छन ।

पोखराथोकमा ९, ठुलापोखरामा ५, खनमा ५, खिदिममा ३, हसपुरमा १, सुवर्णखाल २, पणेनामा ४, धारापानीमा १, मैदानमा २, लगायत गरी ४९ घर पुर्ण रुपमा र जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लाका बल्कोट, धनचौर, खन, किमडाडा लगायतका स्थानमा बिद्यालय भबन समेत भत्किएका छन् । घर भत्किएका र घरमा बस्नै नसक्ने गरि क्षती भएका घर परिबारलाइ जिल्ला दैबीक प्रकोप उद्धार समिति तथा रेडक्रस सोसाइटीले राहतका सामाग्री बितरण गरिरहेको छ ।