४ कार्तिक २०८३, बुधबार

गुल्मीमा राहत तथा पुनस्र्थापना कार्य सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिबलाल सुबेदी
गुल्मी १५ बैशाख । शनिवार दिउसो गएको भूकम्पबाट गुल्मी जिल्लाका क्षति भएका क्षेत्ररुमा राहत तथा पुनस्र्थापना कार्य सुरु भएको छ ।

आईतबार बिहान प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लामा भूकम्पले क्षती पुर्‍याएको क्षेत्रहरुमा उद्धार तथा राहत समाग्री सहित राहत तथा पुनस्र्थापना कार्य सञ्चालन गर्ने निर्णय अनुसार राहत तथा पुनस्थापना कार्य सुरु गरिएको हो ।

दैवी प्रकोप उद्धार समितीको बैठकले जिल्लाको सबैभन्दा बढी क्षती भएको क्षेत्र नम्बर १ का लागि २ वटा उद्धार तथा राहत र पुर्नस्थापना टोली पठाएको छ भने क्षेत्र नम्बर ३ का १ टोली पठाएको छ । क्षेत्र नम्बर १ का भुतुङ्ग, पूतीघाट र खड्ककोट गाविसका लागि १ टोली र शान्तिपुर, वामी, बडागाउँ, मुसिकोट, कुर्घा, रुपाकोट, अर्वेनी, लगायतका षेत्र आसपासका गाविसका लागि अर्को टोली पठाएको हो भने क्षेत्र नम्बर ३ का नयाँगाउँ, पिपलधारा, जैसीथोक, हाडहाडे लगायत क्षेत्र नम्बर २ को रुरु गाविसहरुका लागि अर्को टोली खटिएको छ ।

उद्धार तथा पुनस्र्थापना टोलीले त्रीपाल, भाडाकुडाँ, कम्वल, चाउचाउँ बिस्कुट, च्युरा लगायतका राहत सामाग्रीहरु बितरण गर्ने जिल्ला दैवी प्रकोप तथा उद्धार समितीका सदस्य सचिव स्थानीइ विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिनुभयो ।

समितिका अनुसार पूर्ण रुपमा क्षेती भएका घर परिवारलाई समितीले रु ५ हजार तत्काल उपलब्ध गराउने भएको छ भने नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले त्रिपाल, भाडाकुडाँ र कम्वल दिने भएको हो । त्यस्तै गुल्मी उद्योग बाणिज्य सघंले च्युरा, चाउचाउँ र बिस्कुट उपलब्ध गराउने र जिल्ला जनस्वास्थ्य कार्यलय गुल्मीले स्वास्थ्यकर्मी सहित औषधी उपलब्ध गराएको छ । यता राहत तथा पुनस्थापनाका लागि खटिएका ३ टोलीका लागि यातायातको ब्यवस्था गुल्मी यातायात समितीले मिलाएको समितीका उपाध्यक्ष रमेश श्रीसले जानकारी दिनुभयो ।

गुल्मी जिल्लामा शनिवार गएको बिनाशकारी भुकम्पले मानविय क्षती नभएको भएपनि करिव १ सय घरहरुमा पूर्ण रुपमा क्षती पुर्‍याएको छ भने १ सय ८० भन्दा बढी घरहरुमा आशिंक रुपमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै जिल्ला शिक्षा कार्यलय गुल्मीले पनि गुल्मी जिल्लामा ५ दिन सम्पूर्ण बिद्यालयहरु बन्द हुने जनाएको छ । राहत तथा पुनस्थापना टोलीमा नेपाली सेना, शसस्त्र प्रहरी , जनपद प्रहरी र रेडक्रस सोसाइटीका प्रतिनीधीहरु खटिएका छन ।