४ कार्तिक २०८३, बुधबार

काभ्रेमा एक सय ९३ जनाको मृत्यु, सात सय भन्दा बढी घाइते, ८५ प्रतिशत घर क्षतिग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharaha

बनेपा, १४ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार करिब २५ हजार घर क्षतिग्रस्त हुनुका साथै एक लाख मानिस विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लाका वनखुचौर र पोखरीचौरी गाविसका भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ४९ जना, महादेवस्थान गाविसमा १७ जना तथा गौरीविसौना देउपुर र नयागाउँ देउपुर गाविसमा १६/१६ जनाको मृत्यु भएको छ ।

“करिब ८५ प्रतिशत घर क्षतिग्रस्त भएको उहाँको भनाइ छ । पीडितलाई त्रिपाल र खानाको समेत समस्या भइरहेको बताइएको छ ।

यसैबीच, बनेपा नगरपालिकाले नगरवासीलाई खुला चौरमा व्यवस्थित गर्न विपद् सामग्रीको वितरण थालेको छ । सभासद्, राजनीतिक दललगायतको आज बसेको सर्वपक्षीय बैठकले विपद् सामग्री उपलब्ध गराउन रकम छुट्याउने निर्णय समेत गरेको छ ।