४ कार्तिक २०८३, बुधबार

उद्धारका लागि जापानले ७० जनाको विशेषज्ञ टोली पठाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रकाश पन्थी 

टोकियो, १४ वैशाख । शनिवार नेपालमा गएको विनाशकारी भूकम्पका कारण नेपालमा भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जापान सरकारले ७० जनाको विशेषज्ञ टोली नेपाल पठाउने भएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले नेपालमा भएको विनाशकारी विपत्तीमा उद्धार गर्न ढिलाई हँुदा पीडितलाई थप पीडा हुनजान्छ भन्दै उद्धारका लागि बिशेषज्ञ टोली नेपाल पठाइ हाल्न र आवश्यकता अनुसार अन्य सहकर्मीलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री आवेले हिजो यहाँको आपतकालीन दैवीप्रकोप उद्धार समितिलाई निर्देशन दिदै उद्धारमा कुनै कसर बाँकी नराखी घटनास्थलमा लाग्न निर्देशन दिनुभयो ।

यसअघि हिजै जापानका लागि नेपालका राजदूत मदनकुमार भट्टराइले नेपाल सरकारका तर्फबाट जापानी पक्षलाई औपचारिक जानकारी गराउदै सहयोगको लागि अनुरोध गर्नुभएको थियो । त्यसको लगत्तै प्रधानमन्त्री आबेले सम्बन्धित अधिकारीहरुको बैठक बोलाउनु भएको थियो ।

नेपाल पुग्नासाथ जापानसँग भएका सम्पूर्ण किसिमका प्रविधि प्रयोग गरेर पुरिएका तथा घाइतेलाई उचित सहयोग पु¥याइने टोलीले यहाँका पत्रकारलाई जानकारी गराएको छ । बिशेषज्ञ टोलीले पुरिएकाको उद्धार र विपद्मा परेकालाई खाना,पानी तथा औषधी उपचारको पनि सहयोग पु¥याउने बताइएको छ ।

यसैगरी यहाँ क्रियाशील विभिन्न नेपाली संघसस्थाका प्रतिनिधिले पनि छुट्टा छुट्टै रुपमा उद्धारका लागि रकम सङ्कलन कार्यलाई तीब्रता दिएका छन् । पीडितको उद्धारका लागि एनआरएन आइसीसी जापानका उपाध्यक्ष भुवन भट्टले एक करोड रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । रासस