३० आश्विन २०८३, शुक्रबार

इन्टरनेट र टेलिफोन सेवा निःशुल्क, भाइबर चलाउन इन्टरनेट नचाहिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecom

काठमाडौं, १४ वैशाख । नेपाल टेलिकमले टेलिफोन र इन्टरनेट सेवालाई निःशुल्क बनाएको छ । वैशाख १२ गतेदेखि टेलिकमले ग्राहकलाई सहुलियतमा सर्वसुलभ सेवा उपलब्ध गराउन सेवालाई निःशुल्क बनाएको हो ।

खासगरी वैशाख १२ गतेको भुकम्पपछि देशैभरी विपत्ति परेको त्यस्तो बेला सूचना सञ्चारलाई प्रभावकारी बनाउन सबै सेवालाई निःशुल्क बनाएको नेपाल टेलिकमले जनाएको छ । जस अनुसार ग्राहकले एकपटक पाँच मिनेटसम्म निःशुल्क कल गर्न पाउने छन् ।

इन्टरनेट सेवा पनि निःशुल्क गरिएको छ । इन्टरनेटका माध्यमहरुमा पैसा सकिएपनि वैशाख महिनाभरी चलिरहने टेलिकमका कर्मचारी राधेश्याम सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्राहकले केही समय पछाडिसम्म टेलिफोन र इन्टरनेट निःशुल्क चलाउन पाउनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल पनि निःशुल्क गर्न पाइनेछ । भूकम्पबाट प्रभावित व्यक्तिहरु टेलिकमको निःशुल्क सेवाले केही राहत पाएको महसुस गरिरहेका छन् ।

यस्तै, भाइवर सेवा पनि इन्टरनेट बिना नै चलाउन सकिने भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रसँग सजिलैसँग जोड्न सहज भाइवरले विपत्तिलाई मध्यनजर गरी नेपालमा मात्र बिना इन्टरनेट चलाउन सक्ने व्यवस्था मिलाइदिएको हो ।