काठमाडौँ, १४ वैशाख । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रले काठमाडौँ उपत्यकामा रगतको अभाव नभएको जनाएको छ ।
केन्द्रका प्रशासन प्रमुख जीवनतारा भट्टका अनुसार दैनिक सय युनिट रगत आपूर्ति भइरहेको छ । अहिले केन्द्रसँग ७०० युनिट रगत मौज्जात रहेको छ । हिजो मात्रै २५० युनिट रगत सङ्कलन गरिएको छ ।
रक्तदान गर्न प्रदर्शनीमार्गस्थित केन्द्रमा र भृकुटीमण्डपमा व्यवस्था गरिएको छ । रक्तदानका लागि रक्तदाताहरु स्वतःस्फूर्त रुपमा सहभागी हुनुभएको छ ।
आज बिहान मात्रै १६ युनिट रगत सङ्कलन गरिएको र सोहीअनुसार वितरण भइरहेको छ । रासस
















प्रतिक्रिया