४ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि अर्को ठूलो भुकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-

काठमाडौँ, १३ बैशाख । नेपालमा फेरि अर्को ठूलो भुकम्प गएको छ ।

आज दिउँसो १२ बजेर ५४ मिनेटमा धुकम्पको ठूलो धक्का महसुस गरिएको हो । यो २४ घण्टाको अवधिमा आएको पछिल्लो सबैभन्दा ठूलो भुकम्प हो । भुकम्प मापन केन्द्रका अनुसार यो भुकम्प ६ दशमलव ७ रेक्टरको भएको बताइएको छ । भुकम्पको केन्द्रबिन्दु काठमाडौँबाट ७१ किलोमिटर पूर्व र सिन्धुपाल्चोकको कोदारीबाट १३ किलोमिटर दक्षिण पूर्वी भागमा रहेको बताइएको छ । यसअघि शनिबार ११ बजेर ५७ मिनेटमा भुकम्प गएको थियो । यो अवधिमा दर्जनौँपटक भुकम्पको धक्का महसुस गरिएको छ । अझै ठूलो भुकम्प आउने त्रासमा सर्वसाधारणहरु सडक र खुल्ला चौरमा बसेका छन् ।

क्षतिको थप विवरण आउन बाँकी छ ।