४ कार्तिक २०८३, बुधबार

रसुवामा भुकम्प प्रतिरोधी भवन निर्माण भएनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhawanरसुवा, १२ वैशाख । रसुवा जिल्लाका अधिकांस भवनहरू भुकम्प प्रतिरोधी नभएको पाइएको छ । तालिम प्राप्त मिस्त्रीहरूको अभाव, सस्तो तथा कमसल सामाग्रीको प्रयोग लगायतको कारणले वनिरहेका संरचनाहरू थप जोखिम पुर्ण वन्दै गैरहेको छ ।

नेपाल रेडक्रस सोसाईटी रसुवाले केही मिस्त्रीहरुलाई धुन्चे र कालिकास्थानमा भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि तालिम दिएपनि उनीहरुको सक्रियता र निर्माण कर्ताहरुको उदाशिनताले मापदण्ड अनुसार भुकम्पीय जोखिम मुक्त घर निर्माण हुन नसकेको हो ।

जिल्लाको वजार क्षेत्रमा हाल आएर पिलर नभएको घर निमार्ण नभएको भएतापनि विगतमा निमार्ण भएका भवनहरूमा चुली गारो समेत सुख्खा वनाएकोले पनि थप क्षती वेहोर्नु पर्ने छ ।
विद्यालय क्षेत्रमा संरचनागत सुधार भएतापनि समुदायस्तरमा वनेका घरहरू भुकम्प प्रतिरोधात्मक नभएको पाइएको हो । जिल्लामा निमार्ण हुने सरकारी कार्यलयहरूले भुकम्पिय प्रतिरोधी भवन निमार्ण गर्न भुकम्पिय प्रवलीकरण गर्न सहयोग पु¥याउनुपर्नेमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल का सिभिल इन्जिनियर रञ्जन ढुङगेलले बताए ।

अहिले बनिरहेका घरहरू कमै मात्रामा प्राविधिकबाट डिजाइन हुने गरेको छ । अधिकाशं घरहरू मिस्त्री तथा डकर्मीहरूले नै डिजाइन गर्ने गरेका छन । इन्जिनियरिङ पढाउन ६÷६ लाख खर्च गर्ने र डकर्मीलाई पढाउन राज्यले खर्च नगर्दा यस्तो अवस्था सृजना भएको ढुङगेलको भनाइ छ ।

जिल्लाको दक्षिण भेगका गाविसमा इट्टाबाट भवन निमार्ण गरिएकामा पिलरमा सानो डण्डीको प्रयोग गर्ने र उत्तर भेगका गाविसमा ढुङ्गाको गारोमा मसलाको प्रयोग नगर्दा थप जोखिमको सृजना भएको छ ।
समुदाय स्तरमा जनचेतनाको अभावले गर्दा लापर्वाही तरिकाले भवन निर्माण गर्ने गरेका छन् । भवन निर्माण गर्दा दुई ओटा पिलरुको बीचमा मोटो ढुङ्गाहालेर कङक्रिट हालेर भर्ने कार्य उपर्युक्त नभएको वताउँदै रसुवामा यस्तो धेरै भेटिएको ढुङगेलले वताए ।

विद्यालयको भवन निमार्ण गर्दा भवन आचारसहिंता अनुसार वनाइएको हँुदा विद्यालय भवन भने सुरक्षित रहेको पाएको छ ।

भवन आचार संहिताको मापदण्ड अनुसार भवन निमार्ण गर्न काम गर्ने मिस्त्रीहरूलाई तालिम प्रदान गर्ने, तालिम प्राप्त गरेका मिस्त्री तथा डकर्मीलाई मात्र भवन निमार्ण गर्न दिने, भवन निमार्ण गर्ने घरधनीलाई भुकम्प प्रतिरोधी भवन निमार्ण आवश्यक जानकारी दिनुपर्ने खाँचो पनि सरोकारवालाहरुले औल्याएको छ ।

बिसं १९९० सालको जस्तो भुकम्प गएमा धुन्चे लगायत जिल्लाको माथिल्लो भेगका गाविसमा पहिरो जाने, सडक अवरूद्ध हुने, खाद्यान्नको अभाव हुने लगायत समस्या आउने पुर्वाअनुमान गरिएको छ ।

भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ले विगत चार वर्षदेखि रसुवामा भुकम्प प्रतिरोधी भवन निमार्णका लागि विद्यालयस्तरमा विभिन्न जनचेतनाको कार्य सञ्चालन गदैं आएको छ ।