२ कार्तिक २०८३, सोमबार

दलित मन्दिर प्रबेश गर्न खोज्दा प्रजिअसहित प्रहरी पनि कुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १२ वैशाख । दलित समुदायका अगुवा चैन गाउँस्थित छायाँनाथ मन्दिर प्रवेश गर्न खोज्दा तनाव भएको छ । मन्दिर प्रवेश गरेर पूजा गर्न लाग्दा गैरदलित समुदायका धामी एक्कासी कामेर जाइलाग्न थालेपछि तनाव भएको हो ।

लोकतन्त्र दिवसमा जिल्ला दलित अधिकार प्रवद्र्धन समितिको आयोजनामा प्रजिअसहित मन्दिर प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । गैरदलितले दैवी शक्तिका कारण यसो भएको दाबी गरे पनि दलित अगुवाले भने दैवीशक्तिको बहानामा मन्दिर पस्न नदिने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

दलित अगुवा दुर्गा बिकले पूजापाठ गरी छायाँनाथ मन्दिर गएर पूजा गर्न जाँदा गैरदलित समुदायका धामी एक्कासी कामेका थिए । चैनका सबै काम्दै आक्रमण गर्न थालेपछि दलित अगुवा तथा दलका प्रतिनिधि फिर्ता भएका थिए ।

मन्दिर प्रबेश कार्यक्रम बिथोल्ने योजनाका साथ गरीएको प्रतिकारमा पर्दा जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधि, प्रहरी प्रशासन समेत लखेटिएका छन् । आजको कान्तिपुरमा खबर छ ।