विराटनगर, १२ वैशाख । सोलुखम्बुमा शुक्रबार अचानक बेहोस भएर एक जर्मन नागरिकको मृत्यु भएको छ ।
खुम्जुङ–७ दिङ्बुछेस्थित काला पत्थर हिमालको आरोहण गरी फर्कनेक्रममा ७३ वर्षीय नोबर्ट कार्ल क्लाउकको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सि७टिवाई एमजेडएनवाई नम्बरको राहदानी बोकेका उनी हिमालयन गार्डेन ट्रेकिङ एक्सपिडिसन प्रालि काठमाडौँमार्फत सोलुखम्बु पुगेका थिए । रासस















प्रतिक्रिया