४ कार्तिक २०८३, बुधबार

अवैध रुपले सञ्चालित भट्टीमा प्रहरीको छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १२ वैशाख । सिरहाको लहान नगरपालिका–५ मा अवैध रुपले सञ्चालन गरिएको भट्टीमा प्रहरीले छापा मारी मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक धनबहादुर राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो तयारी अवस्थामा राखिएको ११० लिटर मदिरा जफत गरी नष्ट गरेको प्रहरी नायब निरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले मदिरा बनाउन राखिएको करिब ४६० लिटर कच्चा पदार्थसमेत नष्ट गरेको छ । प्रहरीले अवैध मदिरा उत्पादन गर्न प्रयोग हुने प्लास्टिक र आल्मुनियमका भाँडासमेत जफत गरेको छ ।